मिति २०८२।१२।११ गते १९:५० बजेको समयमा जिल्ला सुनसरी धरान उप-महानगरपालिका वडा नं.- १६ पानीट्याङ्की स्थितमा लागु औषध कारोबार भईरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट जोरसखुवा धरानबाट खटिएको प्रहरी टोलीले ऐ.ऐ. बस्ने वर्ष ३० को रितिक थामीको कोठामा खानतलासी तथा चेकजांच गर्दा निजको कोठाबाट ट्रामाडोल ६१० ( छ सय दश ) क्याप्सुल र स्पास्पेन ६१० ( छ सय दश ) ट्याब्लेट गरी जम्मा १२२० ट्याब्लेट/क्याप्सुल फेला परेको हुँदा निज रितिक थामी र निजको कोठामा संगै रहेको ऐ.ऐ. बस्ने वर्ष ३० को हेम भुजेललाई समेत उक्त लागू औषध सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरान सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको ।
१२ चैत २०८२, बिहिबार ०५:२८ मा प्रकाशित