गणतन्त्र दिवस २०८३ : लोकतन्त्र, अधिकार र उत्तरदायित्व"
गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना
२०६५ साल जेठ १५ गते संविधानसभाको ऐतिहासिक पहिलो बैठकद्वारा घोषणा गरिएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो संघर्ष, बलिदान र परिवर्तनको आकांक्षाको प्रतिफल हो।
यस ऐतिहासिक अवसरमा लोकतन्त्र, गणतन्त्र तथा नागरिक अधिकार स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै आन्दोलनका क्रममा घाइते, अपाङ्ग तथा बेपत्ता हुनु भएका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु।
गणतन्त्र दिवसको यस पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
आजको आवश्यकता केवल गणतन्त्रको उत्सव मनाउनु मात्र
होइन, यसको मर्म र जनअपेक्षालाई व्यवहारमा उतार्नु पनि हो। जनताले परिवर्तनसँगै सुशासन, पारदर्शिता, रोजगारी, आर्थिक समृद्धि र सामाजिक न्यायको अनुभूति गर्न चाहेका छन्। तर अझै पनि नागरिकहरू निराशा, बेरोजगारी, महँगी र सेवा प्रवाहको कमजोरीबाट पीडित छन्।
त्यसैले वर्तमान सरकारलाई जनताको भावना र संविधानको मर्मअनुसार काम गर्दै सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, युवालाई देशमै अवसर सिर्जना गर्न तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्दै जनविश्वास मजबुत बनाउन आग्रह गर्नुभएको छ।
गणतन्त्रको वास्तविक सफलता तब मात्र सुनिश्चित हुन्छ, जब
राज्यका हरेक गतिविधिमा जनताको सहभागिता, सम्मान र अधिकारको प्रत्याभूति हुन्छ।