नेपाली कांग्रेसका यूवा नेता राजु मास्केको गम्भीरध्यानाकर्षण

samayawaz.com

नेपाली कांग्रेसका यूवा नेता राजु मास्केको गम्भीरध्यानाकर्षण

"मलको अभावमा किसान संकटमा"

वर्षायाम सुरु भएसँगै देशभर रोपाइँको चटारो बढेको छ। 

तर यति महत्वपूर्ण समयमा किसानले रासायनिक मलको अभाव झेल्नुपर्नु अत्यन्तै गम्भीर र दुःखद अवस्था हो। कृषि नै हाम्रो देशको अर्थतन्त्रको मेरुदण्ड हो, र त्यसको मुख्य आधार हाम्रो मेहनती किसान वर्ग हो। किसानको पसिना र उत्पादनले नै देशको खाद्य सुरक्षा मात्र होइन, समग्र आर्थिक स्थायित्व सुनिश्चित गरेको छ।

यस्तो अवस्थामा रोपाइँको समयमा किसानलाई आवश्यक मल सहज, सुलभ र समयमै उपलब्ध गराउनु सरकारको प्रमुख दायित्व हो। मल अभावका कारण उत्पादनमा प्रत्यक्ष असर पर्ने भएकाले यस विषयमा सरकार संवेदनशील र गम्भीर बन्नु अत्यावश्यक छ।

किसानलाई समयमै मल उपलब्ध गराउनु भनेको कृषि क्षेत्रलाई मात्र सहयोग गर्नु होइन, यो देशको अर्थतन्त्रलाई सुदृढ बनाउने आधार तयार गर्नु पनि हो। त्यस कारणले सम्बन्धित निकायले ढिलाइ नगरी प्रभावकारी कदम चालेर मल आपूर्ति व्यवस्थालाई व्यवस्थित बनाओस्। किनभने मलको अभावमा किसान संकट हुनु भएन ।

यस गम्भीर समस्याको सिघ्र समाधानका लागि 

नेपाल सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्छ।

प्रतिक्रिया