दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

samayawaz.com

तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको चलानी नम्बर ६८६८ मिति २०८३ वैशाख १७ गतेको पत्रले तालुक गृह मन्त्रालय ( सचिवस्तर) को निर्णय अनुसार  मिति २०८३ वैसाख १७ गतेबाट लागू हुने गरी प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी नायव उपरीक्षक राजेश दत्तलाई यस मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको कार्यालय प्रमुख  नायव महानिरीक्षक गोबिन्द थपलियाज्यूको प्रमुख आतिथ्यतामा  २०८३ वैसाख १७ गते दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले बढुवा हुनु भएकां प्रहरी नायव उपरीक्षकलाई बधाई एवम् शुभकामना व्यक्त गर्दै पदोन्नतीसँगै भोलिका दिनमा अझ जिम्मेवारी भएर व्यवसायिक, ईमान्दारिता तथा थप क्रियासिल भई पदिय जवाफदेहिताको लागी राज्य,संगठन र जनता प्रति अनुग्रहित हुदैं कुशलतापूर्वक कार्यसम्पादन गर्न समेत निर्देशन दिनु भएको थियो ।

प्रतिक्रिया