मिति २०८३।०२।१४ गते बिहीबार २०:१५ बजेको समयमा जिल्ला सुनसरी ईनरूवा नगरपालिका वडा नं.-०४ बसचौक स्थित अथाई प्रहरी पोष्ट बसपार्क ईनरूवा र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले पश्चिम बाट पुर्व तर्फ आउदै गरेको पैदल यात्री जिल्ला सुनसरी ईटहरी उप-महानगरपालिका वडा नं.-०२ बस्ने वर्ष २६ को संजोग राई,ऐ.ऐ.बस्ने वर्ष २८ को जित बहादुर राई र ऐ.वडा नं.५ बस्ने वर्ष १८ कि पुष्पा प्रधान लाई चेकजाँच गर्ने क्रममा पुष्पा प्रधानले हातमा बोकेको पलाष्टिकको पोकामा लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ६.९७ ग्राम (छ ग्राम नौ सय सत्तरी मिलिग्राम) फेला परेको हुदाँ उक्त लागु औषध ब्राउन सुगर सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको
१५ जेठ २०८३, शुक्रबार ०६:११ मा प्रकाशित