नागरिकमैत्री व्यवहार अपनाउन निर्देशन

samayawaz.com

निरीक्षण तथा ब्रिफिङ कार्यक्रम सम्पन्न

सुनसरी ,इटहरी, २०८३ वैशाख ७ गते

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी सुनसरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिपक गिरीबाट कार्यालयको निरीक्षण तथा कार्यरत प्र.क.हरुलाई ब्रिफिङ कार्यक्रम सम्पन्न भएको छ ।

निरीक्षणका क्रममा उहाँले कार्यालयको समग्र अवस्था, सेवा प्रवाह तथा ट्राफिक व्यवस्थापनसम्बन्धी कार्यहरुको समीक्षा साथै, कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरुलाई अनुशासित, शिष्ट र सेवामुखी भई जिम्मेवारीपूर्वक सडकमा खटिन निर्देशन दिनुभएको छ ।


प्रतिक्रिया