सुनसरी , मुसहर बस्तीको विद्यालयको ऐतिहासिक सफलता, SEE मा शतप्रतिशत नतिजा

samayawaz.com

सुनसरी , मुसहर बस्तीको विद्यालयको ऐतिहासिक सफलता, SEE मा शतप्रतिशत नतिजा


सुनसरी । श्री जनजागृति माध्यमिक विद्यालय ले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) मा शतप्रतिशत नतिजासहित उत्कृष्ट सफलता हासिल गरेको छ। मुसहर समुदायको बस्तीमा अवस्थित यस विद्यालयले सीमित स्रोत–साधनका बीच उत्कृष्ट GPA सहितको नतिजा ल्याउँदै शिक्षा क्षेत्रमा उदाहरणीय उपलब्धि हासिल गरेको हो।


विद्यालयको सफलतापछि स्थानीय समुदायमा खुसीको माहोल छ। विपन्न तथा पछाडि पारिएको समुदायका विद्यार्थीहरूले मेहनत, अनुशासन र नियमित अध्ययनमार्फत उल्लेखनीय उपलब्धि हासिल गरेका हुन्।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम गौतम ले अभिभावकको चासो, शिक्षकहरूको दृढ संकल्प र विद्यार्थीहरूको लगनशीलताले सामुदायिक विद्यालयको नतिजा पनि उत्कृष्ट बन्न सक्ने प्रमाणित भएको बताउनुभयो। उहाँले सामुदायिक विद्यालयप्रतिको विश्वास अझ बढ्दै गएको उल्लेख गर्दै आगामी दिनमा शिक्षाको गुणस्तर थप सुदृढ बनाइने जानकारी दिनुभयो।


स्थानीयवासीका अनुसार मुसहर समुदायमा शिक्षाप्रतिको चेतना विस्तार हुँदै गएको छ। आर्थिक तथा सामाजिक चुनौतीका बीच विद्यालयले हासिल गरेको यो सफलता अन्य सामुदायिक विद्यालयका लागि समेत प्रेरणादायी बनेको छ।

प्रतिक्रिया