को जिम्मेवारी केवल सरकार वा कुनै एक दलको मात्र होइन, सम्पूर्ण राजनीतिक शक्ति र नागरिक समाजको हो। “म” भन्दा “हामी” को भावनालाई व्यवहारमा उतार्दै, समावेशी लोकतन्त्रलाई सुदृढ बनाउने दिशामा ठोस कदम चाल्नु आजको आवश्यकता हो।

samayawaz.com

सन्दर्भः राष्ट्रिय समता दिवस

आज जेठ १०गते 

नेपाली कांग्रेसको पाँचौँ राष्ट्रिय महाधिवेशन (२००९, जनकपुर) ले जातीय छुवाछुत अन्त्य गर्ने ऐतिहासिक प्रतिबद्धता व्यक्त गरेको दिनको स्मरण मात्र होइन, सामाजिक न्याय र समानताको अपूरो यात्रालाई पूरा गर्ने संकल्प दोहोर्याउने अवसर पनि हो।


१२औँ महाधिवेशनद्वारा पारित नीति तथा कार्यक्रमअनुसार

 राष्ट्रिय अभियानकै रूपमा मनाइँदै आएको यो दिवसले हामीलाई स्पष्ट सन्देश दिन्छ 


राजनीतिक परिवर्तन पर्याप्त हुँदैन, जबसम्म सामाजिक चेतना र व्यवहारमा रूपान्तरण आउँदैन।

गणतन्त्र स्थापना भइसकेपछि पनि दलित समुदायमाथि हुने 

विभेद र छुवाछुतका घटनाहरूले हाम्रो समाज अझै पूर्णरूपमा समानतामूलक बन्न नसकेको यथार्थ उजागर गर्छ। 


अबको जिम्मेवारी केवल सरकार वा कुनै एक दलको मात्र होइन, सम्पूर्ण राजनीतिक शक्ति र नागरिक समाजको हो।

“म” भन्दा “हामी” को भावनालाई व्यवहारमा उतार्दै, समावेशी लोकतन्त्रलाई सुदृढ बनाउने दिशामा ठोस कदम चाल्नु आजको आवश्यकता हो।


देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सामाजिक एकता, समानता र मानव मर्यादाको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न सम्पूर्णमा राष्ट्रिय समता दिवसको शुभकामना व्यक्त गर्दछु।

स्नेही 

राजु मास्के

प्रतिक्रिया