सुनसरीमा हुन्डी सङ्घका ६ लाख भन्दा बढी नगदसहित दुईजना पक्राउ

samayawaz.com

सुनसरीमा हुण्डी शंका: ६ लाखभन्दा बढी नगदसहित दुई जना पक्राउ

सुनसरीको कोशी गाउँपालिका–८ भण्टावारीमा प्रहरीले चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को.२१ प. १४९५ नम्बरको मोटरसाइकलबाट स्रोत नखुलेको नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा सप्तरी तिलाठी कोईलारी–५ बस्ने ५८ वर्षीय राम लखन यादव र भारत सुपौल छिटही हनुमाननगर–१५ बस्ने ६५ वर्षीय प्रभु मुखिया रहेका छन्। उनीहरूको साथबाट जम्मा नेपाली रुपैयाँ ६ लाख ४८ हजार ७१० र भारतीय रुपैयाँ १२ हजार ९५० बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले नगद र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई सुनसरी जिल्ला अदालतबाट हुण्डी सम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया