सुनसरीको देवानगज गाउँपालिका ४ मुसरी टोलमा प्रहरीले अवैध कपडा बरामद गरेको छ।

samayawaz.com

मिति २०८२ चैत २९ गते दिउँसो १५:४० बजे सुनसरीको देवानगंज गाउँपालिका–४ मुसहरी टोलमा प्रहरीले अवैध रुपमा भन्सार छली गरी ल्याइएको लत्ता कपडा बरामद गरेको छ।

प्रहरी चौकी कप्तानगंजबाट खटिएको चेकिङ टोलीलाई देख्नासाथ भारतबाट नेपालतर्फ सामान ल्याउँदै गरेको व्यक्ति बोरा फालेर फरार भएका थिए। उक्त बोरा खोली जाँच गर्दा अन्दाजी रु. ४६,४०० बराबरको लत्ता कपडा फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाउने तयारी भइरहेको छ भने फरार व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया