मिति २०८३।०१।०६ गते १५:४० बजेको समयमा जिल्ला सुनसरी कोशी गाउँपालिका वडा न.-०२ सरदार टोल बस्ने देवकी सरदारको घरमा लागु औषध गाँजा कारोबार हुँदैछ भन्ने प्राप्त सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले निजको घर चेकजाँच तथा खानतलासी गर्दा निज देवकी सरदरको घरमा निजले चलाउँदै आएको किरान पसल रहेको कोठामा लुकाई छिपाई राखेको अवस्थामा लागू औषध गाँजा जस्तो देखिने पदार्थ ७५.३३ के.जि. ( पचहत्तर किलोग्राम तिन सय तिस ग्राम ) फेला परेको हुँदा उक्त लागू औषध सहित निम्न स्थान बस्ने निम्न मानिसहरु तथा मोटरसाईकल समेत नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको ।
निम्न:-
१. जिल्ला सुनसरी कोशी गाउँपालिका वडा नं.-०२ वस्ने वर्ष ७० को लक्ष्मी सरदार ।
२. ऐ.ऐ.वस्ने वर्ष ४२ की देवकी सरदार ।
३. देश भारत, विहार राज्य, अररिया जिल्ला तिन खम्बा बेलहा वस्ने वर्ष २६ को सहवाज आलम र निजले प्रयोग गर्ने BR 38 AG 0559 नम्बरको मोटरसाईकल ।