मोरङ ,मोरङ प्रहरी र मोरङ ट्राफिक प्रहरीद्वारा दुर्घटना न्यूनीकरण तथा ट्राफिक ब्यवस्थापन अभियान सञ्चालन गरेका छन्।
मोरङ ईलाका प्रहरी कार्यालय नेमुवा र ईलाका प्रहरी कार्यालय हरैचाको समन्वयमा ट्राफिक प्रहरी तथा स्थानीय निकायहरुसँग हातेमालो गर्दै सबैको पहलमा सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापन अभियान सञ्चालन गरेका छन् ।
यश अभियान अन्तर्गत मोरङको बुढीगंगा गाउँपालिका ४ र ग्रामथान गाउँपालिका–७ हरैचामा जेब्रा क्रसिङ निर्माण गरिएको प्रहरीले जनाएको छ ।
सडक पार गर्ने क्रममा पैदलयात्रीहरुको सुरक्षालाई ध्यानमा राख्दै जेब्रा क्रसिङ निर्माण गरिएको हो र यसले ट्राफिक व्यवस्थापनलाई थप ब्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।
३१ बैशाख २०८३, बिहिबार ०३:१७ मा प्रकाशित