लागू औषध ब्राउन सुगर सहित मानिस नियन्त्रणमा

samayawaz.com

सुनसरी , जिल्ला सुनसरी कोशी गाउँपालिका वडा नं.-०८  स्थित इलाका प्रहरी कार्यालय भण्टाबारी र सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर हरिपुरबाट संयुक्त रुपमा खटिएको चेकिङ टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री जिल्ला सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.-०९ बस्ने बर्ष २७ को श्याम कुमार रजकलाई रोकी चेकजाँच गर्दा निजले बोकेको सब्जीको झोलामा लुकाई छिपाई कालो प्लाष्टिकको पोका भित्र राखिएको अवस्थामा लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ०.७७ ग्राम (सात सय सत्तरी मिलिग्राम) फेला परेको हुँदा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको छ।

प्रतिक्रिया