सुनसरी, सशस्त्र प्रहरी बलद्वारा १ गतेदेखि ५ गते सम्ममा आठ लाख २४ हजार ४००सय असिस्टेन्ट रुपैयाँको समान भन्सार बुझाएको

samayawaz.com

सुनसरी, सशस्त्र प्रहरी बल सुनसरी ४ नम्बर गन हेडक्वाटर द्वारा श्रावण महिनामा एक हप्ता नबित्दै लाखौंको भन्सार छलीको समान गाडी सहित पक्राउ गरी भन्सार बुझाएका छन्। 

           सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरी लगायत मातहतका विभिन्न युनिट हरू द्वारा खटिएका टोलीले कडाईका साथ चेक जाँच लाई निरन्तरता दिँदै श्रावण महिना २ गतेदेखि लिएर ५ गतेसम्ममा अवैध रुपमा भन्सार छली गरी ल्याएका सामानहरु किराना समान,मोबाइलका पार्ट्स, लता कपडा ,चाइनिज स्याउ र तरकारी डिजल गरी दुईवटा मोटरसाइकल बरामद गरिएको छ भने नेपाल भारतका विभिन्न सीमा इलाकाबाट अवैध रुपमा नेपाल भित्र्याएको १०० किलो मङ्गुरी माछा नियन्त्रणमा लिई नष्ट गरिएको छ। श्रावण महिनाको २ गतेदेखि लिएर श्रावण ५ गतेसम्ममा जम्मा ८ लाख २४ हजार ४ सय ८० रुपैयाँको सरसमान भन्सारमा बुझाइएको छ।

प्रतिक्रिया