खैरो हिरोइन सहित महिला पक्राउ

samayawaz.com

मोरङ, रङ्गेली इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ रंगेली नगरपालिका वडा नम्बर ६ नेवा टोलस्थित भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्रुहरूलाई चेक जाँच गर्ने क्रममा पैदल यात्री मोरङ जिल्ला कानेपोखरी गाउँपालिका वडा नम्बर ७ रमाइलो बस्ने वर्ष २२ कि सुस्मिता लिम्बुले बच्चा बोकेको बेबी क्यारी नानी बोक्ने झोलामा नानी समेत बोकी आउँदै गर्दा शङ्का लागि चेकजाँच गर्दा बच्चा बोकेको बेबी क्यारीको अगाडि पट्टिको गोजीमा लुकाएर लुकाई छिपाई राखेको लागू औषध खैरो हिरोइन जस्तो देखिने लिसैलो पदार्थ ३ ग्राम फेला परेको हुँदा उक्त कारोबारमा संलग्न अन्य दुईजनालाई समेत नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याई थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया