बिराटनगर ,सिटी सफारी, स्कुटर र ब्यक्ति सहित रु १४,८६,४८०।–( १४ लाख ८६ हजार ४८०) मूल्यको सामान बरामद:
मिति २०८३।०४।०४ गते स.प्र.बल, नेपाल नं. ३ गण हे.क्वा. कंकालिनी मोरङ्गबाट खटिएको टोलीले भारतबाट अबैध रुपमा भन्सार छली सिटी सफारी मा लोड गरी ल्याउँदै गरेको लत्ताकपडा मुल्य रु. ३,५००००/- बराबरको तथा बिल बिजक बिना कुरियर द्वारा पठाउन तयार गरिरहेको अवस्थामा अन्दाजी मुल्य रु.५,८०,२८०/- बराबरको विभिन्न किसिमको लत्ता कपडा, कस्मेटिक सामानहरु र सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा.रानीबाट खटिएको डिउटी टोलीले विभिन्न स्थानहरुबाट भन्सार मुल्य रु. ५,५२,४६०।- बराबरको औषधि , स्कुटर ,सिटी सफारी र कागति सहित गरी जम्मा मुल्य रु. १४,८६,४८०।– बराबरको सवारी साधनहरु, समानहरु ब्यक्ति सहित नियन्त्रणमा लिई बिराटनगर भन्सार कार्यालय बिराटनगर मोरङ्गमा बुझाएको छ।