विराटनगर, राजु मास्के नेपाली कांग्रेस युवा नेता २१औँ जातीय भेदभाव तथा सद्भाव दिवस, २०८३को शुभकामना

samayawaz.com
२१औँ जातीय भेदभाव तथा सद्भाव दिवस, २०८३
को पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुहुँदै
नेपालको संविधानले प्रत्येक नागरिकलाई समानता, सामाजिक न्याय, मानव अधिकार तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ। यद्यपि समाजमा अझै पनि विभिन्न स्वरूपमा जातीय भेदभाव तथा छुवाछूतजस्ता अमानवीय, अन्यायपूर्ण र कानुनविपरीत अभ्यासहरू विद्यमान रहनु हाम्रो सामाजिक विकासका लागि चुनौतीको विषय बनेको छ। यस्ता विभेदपूर्ण व्यवहारले मानव मर्यादामाथि प्रहार गर्नुका साथै सामाजिक सद्भाव, राष्ट्रिय एकता र समग्र विकास प्रक्रियालाई समेत कमजोर बनाउने गर्दछ।
जातीय विभेद र छुवाछूत कुनै व्यक्ति वा समुदाय विशेषको मात्र समस्या नभई समग्र राष्ट्र र समाजको साझा सरोकारको विषय हो। त्यसैले समानता, सहिष्णुता, आपसी सम्मान र सामाजिक न्यायको भावनालाई व्यवहारमा स्थापित गर्दै विभेदरहित समाज निर्माण गर्नु आजको प्रमुख आवश्यकता हो। संविधान र कानुनले निषेध गरेका यस्ता कुरीति तथा विभेदपूर्ण सोचको अन्त्य गर्न राज्यका निकाय, राजनीतिक दल, नागरिक समाज, सञ्चार क्षेत्र तथा आम नागरिक सबैले आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको छ।
नेपालको विविधतायुक्त समाजलाई अझ समावेशी, समतामूलक र न्यायपूर्ण बनाउँदै सबै जाति, समुदाय, भाषा, धर्म र संस्कृतिबीचको आपसी सद्भाव र सहअस्तित्वलाई सुदृढ गर्नु नै समृद्ध राष्ट्र निर्माणको आधार हो। सामाजिक रूपान्तरण केवल कानुनी व्यवस्थाबाट मात्र सम्भव हुँदैन, यसका लागि हरेक नागरिकको चेतना, व्यवहार र सोचमा सकारात्मक परिवर्तन आवश्यक हुन्छ। मानवताको मूल्य र लोकतान्त्रिक संस्कारलाई आत्मसात गर्दै विभेद र असमानताको अन्त्य गर्न सामूहिक प्रतिबद्धता अपरिहार्य छ।
२१औँ जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस, २०८३ ले समानता, सामाजिक न्याय, मानव मर्यादा र राष्ट्रिय एकताको भावनालाई थप बलियो बनाउँदै सभ्य, समुन्नत, समावेशी तथा विभेदरहित नेपाल निर्माणको अभियानमा सम्पूर्ण नेपालीलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना  व्यक्त गर्दछु।

प्रतिक्रिया