विराटनगरको शनि मन्दिर क्षेत्रबाट २७ वर्षीया महिला दुई बालबालिकासहित सम्पर्कविहीन, खोजीमा सहयोगको अपिल
विराटनगर — २७ वर्षीया लक्ष्मी कुमारी राजभर दुई जना साना छोराछोरीसहित सम्पर्कविहीन भएपछि परिवारले खोजीमा सहयोग गरिदिन सर्वसाधारणसँग हार्दिक अपिल गरेको छ।
परिवारका अनुसार लक्ष्मी कुमारी राजभर घरबाट माइती जानका लागि सप्तरीतर्फ निस्किएकी थिइन्। तर विराटनगरस्थित शनि मन्दिर क्षेत्रसम्म पुगेपछि उनी दुई जना छोराछोरीसहित सम्पर्कविहीन भएको उनका श्रीमानले जानकारी दिएका छन्। हालसम्म उनीहरू तीनै जनाको अवस्था र स्थानबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।
यहि मिति २०८३ असार २० गते देखि परिवारको सम्पर्कमा नरहेकाले आफन्तजनले खोजी कार्यलाई तीव्र बनाएका छन्।
उहाँहरूलाई कसैले देख्नुभएको छ वा कुनै जानकारी प्राप्त भएको छ भने कृपया तत्काल नजिकको प्रहरी कार्यालय वा ९८१५३६९९१३ र ९७४७६८११४७ नम्बरमा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ।
परिवारले तपाईंको सानो सहयोगले एक परिवारलाई ठूलो राहत पुग्न सक्ने भएकाले यो सूचना सकेसम्म धेरैमा साझा गरिदिन सबैमा हार्दिक अनुरोध गरेको छ।