“विश्व सडक सुरक्षा सप्ताह-२०२६ अन्तर्गत ट्राफिक सचेतना कार्यक्रम सम्पन्न”
------------------------------------------------------------
मिति २०८३।०१।३१ गते, विश्व सडक सुरक्षा सप्ताह-२०२६ अन्तर्गत पैदल यात्रुको सुरक्षालाई मध्यनजर गर्दै विभिन्न सरोकारवाला निकाय तथा ट्राफिक प्रहरीले जेब्रा क्रसिङ प्रयोगसम्बन्धी व्यवहारिक अभ्यास कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा पैदल यात्रुहरूलाई ट्राफिक लाइटको अवस्था (रातो, पहेंलो र हरियो संकेत) राम्रोसँग अवलोकन गरी मात्र सडक पार गर्नुपर्ने, सवारी साधन पूर्ण रूपमा रोकिएको सुनिश्चित गरेपछि मात्र सडक पार गर्न,हतारमा सडक पार नगर्न, मोबाइल प्रयोग गर्दै हिँड्दा सावधानी अपनाउन सचेतनामुलक प्लेकार्ड सहित जानकारी गराइएको थियो ।
३१ बैशाख २०८३, बिहिबार ०१:५७ मा प्रकाशित