मिति २०८३।०१।२९ गते १७:२० बजेको समयमा जिल्ला सुनसरी ईटहरी उप-महानगरपालिका वडा नं.-१८ रैहिपुर स्थितमा लागू औषध कारोवार भईरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर (PIT) र इलाका प्रहरी कार्यालय पकलीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलिले ऐ.ऐ. बस्ने बर्ष ४८ को सितल चौधरीको घर कोठा चेकजाँच तथा खानतलासी गर्दा लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३.४८ ग्राम (तीन ग्राम चार सय अस्सी मिलीग्राम) फेला परेको हुँदा निज सितल चौधरी र निजको छोरा बर्ष २३ को शुसान्त चौधरी सेमतलाई उक्त लागू औषध, डिजिटल तराजु थान १, निजहरुले प्रयोग गर्ने गरेको को. २३ प. ६४१८ र मे. १ प. ३९९५ नम्बरको मोटरसाईकल, नगद रु. ८१,३४० ।- ( एकासी हजार तिन सय चालिस) र मोबाईल (थान-२) सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पकलीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको ।