आज मिति २०८२/०३/२७ गते जिल्ला मोरङ बि.म.न.पा. १६ दरैया स्थित मुसहरी वस्ति सीमा ईलाका नजिक सशस्त्र प्रहरी वल,नेपाल नं. १ वराह वाहिनी पकली सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक मनिष थापा, सशस्त्र प्रहरी वल, नेपाल नं. ३ गण हेक्वा मोरङका गणपति सशस्त्र प्रहरी उपरीक्षक गेहेन्द्र वहादुर भण्डारी, सीमा सुरक्षा गुल्म रानीका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक तिलक वहादुर खड्का, वि.ओ.पि. दरैयाका सशस्त्र प्रहरी निरीक्षक शंकर कोइराला सहितको टोलिले सीमा इलाका नजिक वसोवास गर्ने स्थानीयवासी तथा भद्र भलादमी हरुको उपस्थितीमा "सीमावासी संग सशस्त्र प्रहरी कार्यक्रम" संचालन भएको जसमा सीमावासीहरुको समस्या,गुनासा तथा समाधानका लागी पहल सहितको अन्तरक्रियात्मक कार्यक्रम संचालन भएको साथै जहदा भुटाहा गा.पा. इस्लामपूरमा समेत स्थानीय भद्र भलादमीहरुको उपस्थितीमा "सीमावासी संग सशस्त्र प्रहरी कार्यक्रम" संचालन भइ उक्त एरियामा रहेको डिउटीको सशस्त्र प्रहरी नायव महानिरीक्षक(DIG) मनिष थापाले अनुगमन निरीक्षण गर्दै समय सान्दर्भिक निर्देशन दिनु भएको र वि.म.न.पा.१२ वखरीमा अवस्थित मनसुन प्रतिकार्य सुरक्षा वेश वखरीमा रहेको विपद प्रतिकार्य सामाग्रीहरुको समेत अवलोकन गर्दै कार्यरत सम्पूर्ण सशस्त्र प्रहरीहरुलाई जुनसुकै वखत हुन सक्ने विपदमा प्रतिकार्यको लागी तयारी अवस्थामा रहन निर्देशन दिनु भएको ।