इनरुवा ।सुनसरीको सदरमुकाम प्रहरीले लागूऔषध खैरो हिरोईनसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट सखुवागाछीबाट खटिएको संयुक्त प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
लौकहीबाट इटहरीतर्फ आउँदै गरेको को २५ प ५०५५ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा चालक इटहरी–१ का १६ वर्षीय युएन लिम्बूले लगाएको हेल्मेटभित्र लुकाइ राखिएको अवस्थामा ब्राउनसुगर ५.३५ ग्राम फेला परेको प्रहरीले जनाएको छ।
सोही मोटरसाइकलमा पछाडि सवार इटहरी १ का आशिष बान्तावा राईलाईसमेत नियन्त्रणमा लिईएको छ।
पक्राउ परेका आरोपित लाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
१७ बैशाख २०८३, बिहिबार ०२:२५ मा प्रकाशित