विराटनगरमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते

samayawaz.com

विराटनगरमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्

विराटनगरको पुरानो हवाईफिल्ड छेउ, हाइवे क्षेत्रमा उत्तरतर्फबाट आउँदै गरेको ट्र्याक्टर (२ ह ९८३१) ले दक्षिणतर्फबाट आउँदै गरेको मोटरसाइकल (प्र.०१-०२, ०४४ प १४४८) लाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

रानी ट्राफिक प्रहरी कार्यालयका इश्वर कोइरालाको टोली तत्काल घटनास्थल पुगेर घाइतेलाई उद्धार गरी उपचारका लागि न्युरो अस्पताल पठाएको जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया