सुनसरी सीमा क्षेत्रमा उच्च सतर्कता, बाहिनीपतिद्वारा अनुगमन
सुनसरी, बैशाख ३०, २०८३
नं. १ बाहिनीका बाहिनीपति डिआईजी मनिष थापाले आज सुनसरीका बिभिन्न सीमा नाकाको स्थलगत अनुगमन गर्नुभएको छ। उहाँले सीमा सुरक्षा, तस्करी नियन्त्रण तथा सम्भावित अवैध घुसपैठ रोकथाममा उच्च सतर्कता अपनाउन निर्देशन दिनुभयो।
अनुगमनका क्रममा सुरक्षाकर्मीलाई कडा निगरानी, शंकास्पद व्यक्तिको जाँच तथा अवैध गतिविधि रोक्न प्रभावकारी रूपमा काम गर्न निर्देशन दिनुभयो। हाल सीमा क्षेत्रमा सुरक्षा जाँच र गस्ती गतिविधि थप कडाइ गरिएको छ।
२९ बैशाख २०८३, मङ्गलबार ०५:४८ मा प्रकाशित