लागू औषध ब्राउन सुगरसहित दुईजना मानिस र मोटरसाइकल सहित नियन्त्रणमा

samayawaz.com

मिति २०८३।०२।२१ गते १६:३० बजेको समयमा जिल्ला सुनसरी भोक्राहानरसिंह गाउँपालिका वडा नं.-०१ स्थितमा प्रहरी चौकी भोक्राहा सुनसरीबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको स १० प ५९८८ नम्बरको मोटरसाईकल चालक जिल्ला उदयपुर बेलका नगरपालिका वडा नं.-०८ बस्ने बर्ष ३३ को रंजित राई र सोही मोटरसाईकलमा पछाडी सवार ऐ.ऐ. बस्ने बर्ष २० कि मिखी राईलाई चेकजाँच गर्दा मिखी राईले दाहिने काखीमा च्यापी लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३.८७ ग्राम (तिन ग्राम आठ सय सत्तरी मिलिग्राम) फेला परेको हुँदा निजहरुलाई उक्त लागू औषध र मोटरसाईकल सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको । 

प्रतिक्रिया