इनरुवा बाट लागू औषध ब्राउन सुगर सहित पक्राउ

samayawaz.com

सुनसरीको इनर्वा बस स्टेन स्थित लागू औषध सहित दुई जना पक्राउ परेका छन्।

सुनसरीको इनरुवा नगरपालिका–४ बस चोक स्थित पूर्व–पश्चिम राजमार्गमा प्रहरीले चेकजाँचका क्रममा ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको छ लिएको छ। 

मङ्गलबार साँझ ७  बजे  पोस्ट बसपार्क इनरुवा र District Police Office Sunsari बाट संयुक्त रूपमा खटिएको टोलीले पश्चिमबाट पूर्वतर्फ पैदल आउँदै गरेका ३६ वर्षीया प्रगती खतिवडा र ३१ वर्षीय बिश्वराज राईलाई चेकजाँच गर्दा प्रगती खतिवडाको साथबाट १० ग्राम ब्राउन सुगर लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।

दुवैलाई लागूऔषधसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया