इटहरीमा सवारी दुर्घटना , दुर्घटनाना विद्यार्थी बालिकाको मृत्यु

samayawaz.com

सुनसरी, इटहरीमा आज भएको सवारी दुर्घटनामा साइकल चलाइरहेकी एक विद्यार्थी बालिकाको ज्यान गएको छ। यात्रुवाहक बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।


दुर्घटनापछि स्थानीयबासी घटनास्थलमा भेला भएका थिए। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।


बढ्दो सवारी चाप र लापरवाहीका कारण दुर्घटना बढ्दै गएको भन्दै स्थानीयले सडक सुरक्षा कडा बनाउन माग गरेका छन्।

युगनन्दन मुखिया , बिराटनगर 

प्रतिक्रिया