भन्सार छलीका करिब ५० लाखका सामान बरामद

samayawaz.com

सुनसरी, भदौ । सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हे.क्वा. सुनसरीले भदौ महिनामा रु. ४९ लाख ७० हजार ७३६ बराबरका अवैध सामान बरामद गरी भन्सार दाखिला गरेको छ।

गणका अनुसार ९९२.६६ किलो गाँजा समेत बरामद गरिएको छ भने शंकास्पद ३ वटा मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

बरामद सामानमा मोटरसाइकल, किराना, लत्ताकपडा, मोबाइल पार्ट्स, रजनीगन्धा र सुर्तीलगायत छन्। त्यस्तै, बोइलर कुखुरा, माछा र अण्डालगायत प्रतिबन्धित सामान नष्ट गरिएको गणले जनाएको छ।

प्रतिक्रिया