कोशी गाउँपालिका–०३ श्रीपुरमा ५७५ किलो गाँजा बरामद
काँसको घारीमा लागू औषध गाँजा लुकाई छिपाई राखिएको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा छापा मारेको छ। श्रीपुरस्थित सोही घारीमा त्रिपालले छोपी लुकाइएको अवस्थामा गाँजा जम्मा ५७५ के.जी. फेला परेको प्रहरीले जनाएको छ। फेला परेको लागू औषध नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याइएको छ भने घटनाको थप अनुसन्धान भइरहेको छ।
१३ भदौ २०८३, शनिवार ०४:४५ मा प्रकाशित