रंगेलीमा २.४८ ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ

samayawaz.com

रंगेलीमा २.४८ ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ


रंगेली। मोरङको रंगेली नगरपालिका वडा नम्बर –४ चोप्राहाबाट प्रहरीले २.४८ ग्राम लागूऔषध खैरो हेरोइन पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।


इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा कानेपोखरी गाउँपालिका वडा नम्बर - ५ बस्ने २७ वर्षीय सन्देश राईलाई पक्राउ गरेको हो।


प्रहरीका अनुसार शंका लागि चेकजाँच गर्दा राईले लगाएको जिन्स पाइन्टको दाहिने गोजीमा लुकाएर राखेको खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको थियो। डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकबाहेक उक्त पदार्थको तौल २.४८ ग्राम रहेको प्रहरीले जनाएको छ।



पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रतिक्रिया