सुनसरीमा भन्सार छलीका ३ लाख ३९ हजारका सामान बरामद

samayawaz.com

सुनसरीमा भन्सार छलीका ३ लाख ३९ हजारका सामान बरामद

सुनसरी । सुनसरी प्रहरीले विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका रु. ३ लाख ३९ हजार मूल्य बराबरका अवैध सामान बरामद गरेको छ।

मिति २०८३।०५।११ गते विभिन्न समयमा खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–७ बाट किराना सामान तथा लत्ताकपडा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय भण्टावारीबाट खटिएको टोलीले बरामद गरेको सामानको अनुमानित मूल्य रु. ३ लाख १३ हजार ८ सय रहेको छ।

त्यस्तै, प्रहरी चौकी कप्तानगञ्जबाट खटिएको टोलीले देवानगञ्ज गाउँपालिका–४ बाट भन्सार छली ल्याइएको सर्सोको बीउ बरामद गरेको छ। उक्त सामानको अनुमानित मूल्य रु. २५ हजार २ सय रहेको प्रहरीले जनाएको छ।

बरामद सामानको कुल अनुमानित मूल्य रु. ३ लाख ३९ हजार रहेको छ। आवश्यक कारबाहीका लागि बरामद सामान सुनसरी भन्सार कार्यालय, सेतुबन्ध पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया