मोरङ ,भन्सार छलीका ४ लाख ७१ हजार बढीका सामान बरामद, ४ ट्र्याक्टर नियन्त्रणमा
मोरङ, भदौ १५ गते । मोरङका विभिन्न सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी ल्याइँदै गरेका लत्ताकपडा, फलफूल, कस्मेटिक्स, मेसिनरी तथा किराना सामानसहित ४ वटा खसी बरामद गरेको छ।
नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङ मातहतका युनिटले गरेको कारबाहीमा बरामद सामानको कुल भन्सार मूल्य ४ लाख ७१ हजार ६ सय ६५ रुपैयाँ रहेको छ। सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ।यसैगरी, सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस उर्लाबारीबाट खटिएको टोलीले मिक्लाजुङ गाउँपालिका क्षेत्रमा अवैध रूपमा नदीजन्य पदार्थ ढुङ्गा उत्खनन गरिरहेको अवस्थामा ४ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ।
१६ भदौ २०८३, मङ्गलबार १२:२९ मा प्रकाशित