मिति २०८३।०४।२७ गते १९:३० बजेको समयमा जिल्ला सुनसरी भोक्रहा नरसिंह गाँउपालिका वडा नं.-०६ उल्टीमोड स्थितमा लागू औषध नियन्त्रण व्यूरो कोटेश्वर, लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलिले दक्षिणबाट उत्तर तर्फ आउदै गरेको पैदल यात्री देश भारत बिहार राज्य अररिया जिल्ला पतरा पंचायत वडा नं.-०६ बस्ने वर्ष १९ को ईस्मत उल्हालाई शंका लागी खानतलासी तथा चेकजाँच गर्दा निजको साथबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३०४.११ ग्राम (तिन सय चार ग्राम एक सय दश मिलिग्राम) फेला परेको हुँदा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको छ।
२८ साउन २०८३, बिहिबार ११:३४ मा प्रकाशित