घाँस काट्न गएकी महिलालाई ढुङ्गाले लाग्यो

samayawaz.com


सुनसरीको देवानगन्ज गाउँपालिका–४ कप्तानगन्जमा आइतबार घाँस काट्न गएकी महिलालाई ढुंगाले लागेको विषयलाई लिएर फेरि तनावको स्थिति उत्पन्न हुने सम्भावना बढेको छ ।

ढुंगाले लागेर देवानगन्ज–४ की ३३ वर्षीया सरस्वतीकुमारी मेहता घाइते भएकी छन् । उनको टाउकोमा चोट लागेको छ । सामान्य अवस्थाकी उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएको छ ।

घाँस काट्न गएका बेला बिहान ११ः३० बजेतिर ग्याँटिसले हानेको ढुंगाले लागेर टाउको फुटेको स्थानीयको भनाइ छ । तर, ढुंगा कसले हान्यो भन्ने यकिन नभएको प्रहरीले जनाएको छ । घटनापछि करिब एक सय पचास जनाको संख्यामा स्थानीय कप्तनागन्जमा भेला भएर ग्याँटिसबाट ढुंगा प्रहार गर्नेलाई कारबाही हुनुपर्ने माग गरिरहेका छन् ।

प्रतिक्रिया