बिराटनगर मोरङ प्रहरी प्रशासनको निस्पक्ष कडा अप्रेसन

samayawaz.com

विराटनगर,सशस्त्र प्रहरीले चोरी पैठारी गरि ल्यएको ३ लाख ३८ हजार ४ सयको अवैध सामान बरामद गरेको छ ।समान सहित सुरेश यादव लाई  भन्सार कार्यालयमा बुझाइयो छ।

मिति २०८३ भदौ ३ गते मोरङको विराटनगर महानगरपालिका–१४, जतुवास्थित सुरेश यादवको घरमा अवैध सामान लुकाइछिपाइ राखिएको सूचनाका आधारमा कानुन बमोजिम  संयुक्त टोलीले खोजतलास गरेको छ।


विराटनगर भन्सार कार्यालयका प्रतिनिधि, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि तथा सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङबाट खटिएको टोलीले घरमा खोजतलास गर्दा भन्सार मूल्य ३ लाख ३८ हजार ४ सय रुपैयाँ बराबरको रजनीगन्धा तथा लत्ताकपडा बरामद गरेको हो।


बरामद सामानसहित घरधनी सुरेश यादवलाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया